परिचय

जिल्लाको सम्पुर्ण स्वास्थ्य प्रणालीको समन्वयात्मक भूमिका खेल्ने निकायको रुपमा प्रदेश सरकार मातहत रहने गरि २०७५ साल मंसिर महिनामा साविक जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्य कार्यालय अछामको नामाकरण गरि स्थापना गरिएको हो। जिल्लाका सम्पूर्ण वडा, गाउपालिका र नगरपालिकाहरुमा प्रवर्द्धनात्मक, निरोधात्मक र उपचारात्मक सेवा पुर्र्याउनका लागि स्थानिय तह, प्रदेश सरकार र प्रदेश सरकार मार्फत संघिय सरकार संग समन्वयात्मक भूमिका निर्वाह गर्ने कार्य यस कार्यालयले गर्नेछ।साबिक जिल्ला स्वास्थ्य कार्यालयलाई जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय गरी २ वटा दुईवटा कार्यालयको रुपमा स्थापना गरिएको छ। जिल्ला अस्पतालले जिल्लामा उपचारात्मक सेवाको लागि मुख्य विन्दुको रुपमा काम गर्छ।

अछाम जिल्लामा समुदायस्तरमा जम्मा ९४१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु अनवरत रुपमा खटिरहेका छन्, जसले आफू रहेको तत्कालिन वार्डको कामको प्रतिवेदन स्वास्थ्य संस्थालाई मासिक रुपमा प्रतिवेदन पेश गर्छन्। स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिहरुले गाउँघर क्लिनिक र खोप क्लिनिक संचालन गर्छन् जसको प्रतिवेदन स्वास्थ्य संस्थामा गर्छन्। प्रत्येक स्वास्थ्य संस्थाले महिनाको पहिला साता भित्रमा आफ्नो गाँउपालिका तथा नगरपालिकामा मासिक प्रतिवेदन बुझाउँछन् र यो प्रतिवेदन एकिकृतरुपमा DHIS2 मा प्रविष्ट गर्ने गरिन्छ। आ.. २०७८।०७ मा १ जिल्ला अस्पताल, १ बयालपाटा सामुदायिक अस्पताल (न्याय हेल्थद्धारा संचालित), २ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ७२ वटा स्वास्थ्य चौकी, वटा आधारभूत स्वास्थ्य केन्द्र वटा शहरी स्वास्थ्य क्लिनिक, वटा सामुदायिक स्वास्थ्य ईकाइ, १ निजी स्वास्थ्य संस्था (धर्मेश्वर पोलिक्लिनिक) र १ गैर सरकारी संस्था (वाक नेपाल) ले नियमित प्रतिवेदन गरेका छन्